काठमाडौं ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आज दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ ।
एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका हुन् । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन् ।
आज पनि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । आज दोस्रो दिनपनि औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन् । खाद्यान्नका पसलहरु पनि प्रहरीले विहानीको समयमा मात्रै खुला गर्न दिएको छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छाड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो । भिडियो :































प्रतिक्रिया