चिकित्साशिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनसन बसेका डा गोविन्द केसीसँग सरकारले आइतबार वार्ता गर्ने भएको छ ।
केसीका मागबारे छलफल गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।
उनका सहयोगी डा अमृत जैसीले सरकारले शनिबार वार्ता गर्ने भनेपनि वार्ता टोलीका सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले वार्ता नभएको जानकारी दिए ।
सरकार पक्षले आइतबार बिहान १० बजे वार्ताका लागि बोलाएको उनले जानकारी दिए । गत सोमबार देखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यान जोखिममा रहेपनि कुनै औषधी प्रयोग नगर्ने अडान यथावत राखेका छन् ।
यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन गरिएको छ । शनिबार दिउँसो धनगढीको पार्क मोडमा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।































प्रतिक्रिया