नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो । 

यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।

Skip This
Skip This
Logo