सरकारले संविधान दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई विभूषित गरेको छ । उनलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित गर्न लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । जसमा उद्योगी व्यवसायीहरु पनि सम्मानित हुने भएका छन् ।
त्यस्तै, सरकारले उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य पशुपति मुरारकालाई पनि सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गर्ने भएको छ । उनको अर्घाखाँची सिमेन्ट उद्योगलगायत दर्जनौं उद्योग व्यवसाय छ।
सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन् भने प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल तथा प्रभु एयरका विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन् ।
त्यस्तै, बैंकरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना सम्मानित हुने भएका छन् भने प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्यलाई पनि सरकारले सम्मान गर्ने भएको छ ।
साथै सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा धैरैजना उद्योगी-व्यवसायी परेका छन्।































प्रतिक्रिया