राउण्ड टेबल इन्टरनेशनलले गर्‍यो गहनापोखरी आसपासका क्षेत्रमा सरसफाई

राउण्ड टेबल इन्टरनेशनलले गर्‍यो गहनापोखरी आसपासका क्षेत्रमा सरसफाई

केन्द्रबिन्दु
0
Shares

राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्जअन्तर्गत आज काठमाडौं हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाई गरिएको छ ।

डेंगुको संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाई गरिएको आयोजकले जनाएको छ । सरसफाईसँगै सचेतनासमेत फैलाइएको राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताए । त्यसैगरी गहनापोखरी वरिपरी र खेल मैदान नजिकै प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो । 

कार्यक्रममा राउण्ड टेवल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याकचियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता रहेको थियो । 

त्यस्तै देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए । 

Logo