काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ ।
प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ । पल्सर मोटरसाइकलमा आएका ती अज्ञात व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया