स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको जनाएको छ ।
नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । श्रावण महिनायता डेंगुका कारण २० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।
७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।
यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया