धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि काठमाडौँ ल्याउने तयारी भएको छ । त्यसका लागि नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ ।
तर, डा. केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छन् ।
डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । प्रेसरको लेभल पनि निकै कम रहेको छ भने उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको छ ।
अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । सरकारी टोलीसँग वार्ता भइरहे पनि सहमति भने जुट्न सकेको छैन ।































प्रतिक्रिया