करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।  आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।  सोही ठाउँस्थित सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

Logo