कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नं १२ र धनगढी उपमहानगरपालिका वडा नं १ मा शव भेटिएको हो । प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी नगरपालिका वडा नं १२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् ।
बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएक हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेको छ ।
यसैगरी, धनगढी–१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनी कञ्चनपुरको कृष्णनगरपालिका वडा नं ८ का ७४ वर्षीय धनसिंह जेठारा भएको प्रहरीको भनाइ छ ।
छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता जोशीले बताए ।































प्रतिक्रिया