रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागमा सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बताएकी छिन् । 'जनमत संग्रह र सेना परिचालन रुसी असफलताको संकेत हो' राजदूत ब्रिजेट ब्रिंकले बुधबार एक ट्विटर सन्देशमा लेखेकी छिन् ।
यसअघि रुसी राष्ट्रपति पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।































प्रतिक्रिया