ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ । धोबिघाट रिङरोडबाहिर बुधबार दिउँसाे भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा भएको आगलागीबाट ३ जना घाइते भएका छन् ।
गोदाममै रहेको उनीहरुको आगोको सप्काले भेटेर अनुहार जलेको छ। घाइतेहरुको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन् । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया