तेजाब आक्रमणका अभियुक्त पुर्पक्षका लागि थुनामा

तेजाब आक्रमणका अभियुक्त पुर्पक्षका लागि थुनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको विहिबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट दुई लाख राहत दिनसमेत भनिएको छ । अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई काठमाडौँको बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ । कार्कीको हाल उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo