नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा यही असोज ६ गतेदेखि ९ गतेसम्म आयोजना हुन गइरहेको नाडा इभि एक्स्पोमा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. G-12 मा ग्राहकलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृति पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।































प्रतिक्रिया