चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा. केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका हुन्। अस्पताल भर्ना भए पनि उनले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् ।
सरकारले मंगलबार डा. केसीलाई काठमाठौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी लगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । तर, बुधबार सेती प्रादेशिक अस्पतालका सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं आउन सहमत भएका हुन् ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनकाे फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको छ भने आमशयमा पनि रक्तश्राव भएको छ । शरीरमा पोषणतत्व र पानीको असन्तुलनले उनी बेहोस हुन सक्ने जोखिम रहेको बताइएकाे छ ।































प्रतिक्रिया