बालक अपहरण आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

बालक अपहरण आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

चार वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिनको म्याद लिएर अनुसन्धान थालिएको  प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo