आठौं महिला एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।
टी–ट्वान्टी फर्म्याटमा एसिया कपको पहिलो खेलमा आयोजक बंगलादेश र थाईल्याण्ड खेल्ने छन् । प्रतियोगिता सिलेटमा रहेको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदान तथा सिलेट आउटर क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिता बंगलादेशमा आगामी अक्टोबर १ बाट अक्टोबर १५ सम्म आयोजना हुनेछ । प्रतियोगितामा २४ खेलहरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भारत, श्रीलंका, पाकिस्तान, यूएई, थाईल्याण्ड र मलेसियाको सहभागीता रहने छ ।
प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारतले ६ पटक यस प्रतियोगिताको च्याम्पियन बनेको छ । हरेक दुई वर्षमा हुनु पर्ने यो प्रतियोगिता २०१८ मा अन्तिम पटक भएको थियो । २०२० मा बंगलादेशमा हुनु पर्ने आठौं संस्करण यस वर्ष आयोजना हुदैछ ।





























प्रतिक्रिया