सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चौंथो सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ ।

आगामी असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका  बुधबार सार्वजनिक गरिएको हो । धनगढी रंगशालामा एक कार्यक्रमको आयोजना गरि ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ । 

Skip This
Skip This
Logo