कपनको एक घरमा भीषणा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया