धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारलाई ठक्कर दिएको हो । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियाे ।
विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीहरुले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित भिडले ठक्कर दिने गाडीमा तोडफोड तथा आगजनी गरेका छन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । राजमार्ग नै अवरुद्ध हुन पुगेपछि प्रहरी परिचालन भएका छन् ।































प्रतिक्रिया