‘सी’ डिभिजन लिग छनौट आजबाट सुरु

‘सी’ डिभिजन लिग छनौट आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह ए को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भइरहेको छ । 

यस्तै दोस्रो खेलमा समूह ुबीु को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले  जनाएको छ ।  

एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।  र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

Logo