घरमै तीज मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

घरमै तीज मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाको बढ्दो सङ्क्रमणबाट सुरक्षित रहन घरमा सुरक्षित साथ बसेर तीज पर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आग्रह गरेको छ ।

साथै मकवानपुरको हेटौँडासहित १० वटा स्थानीय तहमा रहेका शिव मन्दिरमा पूजा, नाच र रमाइलो गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन यस वर्षको तीज पर्व आफन्तमा जाने तथा भेला हुने भन्दा घर परिवारमा मिलेर तीज पर्व मनाउन आग्रह गरे। सो कार्यालयद्वारा आज जारी सूचनामा यस विपरीत कोही कसैबाट काम भए गरेको पाइएमा तत्काल कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका, मनहरि गाउँपालिका र थाहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले भेला हुन् पाइने छैन । निषेधाज्ञा प्रभावकारी रुपमा पालना भइरहेको सूचनामा जनाइएको छ ।रासस

Skip This
Skip This
Logo