मृतकका परिवार र सिडियोबीच शुक्रबार वार्ताको सहमतिपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

मृतकका परिवार र सिडियोबीच शुक्रबार वार्ताको सहमतिपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

केन्द्रबिन्दु
0
Shares

धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ । 

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय बालक विजय परियारको घटनास्थलमै मृत्यु भएको थियो । बालकको मृत्यु पछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग शुक्रबार वार्ता गर्ने सहमति भएसँगै पृथ्वी राजमार्गको गजुरीमा भएको अवरोध खुलेको हो ।  

राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

Skip This
Skip This
Logo