मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो। घटनास्थलमै ज्यान गुमाएका उनीहरुको हालसम्म पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । हाल घटनास्थलमा पुगेको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरिरहेको बताएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।































प्रतिक्रिया