फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु

फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् । 

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

Skip This
Skip This
Logo