स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।
डा. केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनशनमा छन् । धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा बुधबार काठमाडौं ल्याइएको थियो ।
उनको उपचार तथा निगरानीका लागि लागि एनेस्थेसियोलोजिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहित पाँच सदस्यीय टोली खटाइएको छ । डा केसीको अनसन विहीबार ११ औं दिनमा आइपुगे पनि विहीबार भएको सरकारी पक्ष र डा केसी पक्षबीचको वार्ता भने निष्कर्ष विहीन भएको छ ।































प्रतिक्रिया