झापामा घरको चार तलामाथिबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेको बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।




















