टिकौलीको जंगलमा स्कुटर र ट्याङकर ठोक्किँदा एक जनाको मृत्यु

टिकौलीको जंगलमा स्कुटर र ट्याङकर ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवारा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए । ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।

Logo