काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको सम्भावना ?

काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको सम्भावना ?

केन्द्रबिन्दु
0
Shares

राप्रपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पु-याएको छ । तीनवटा क्षेत्रमा एक एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई/तीनजनाको नाममा झारिएको स्रोतले जानकारी दिएकाे छ। 

उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट छलफल हुने बताइएकाे छ । 

काठमाडौं १ का लागि भुवन लामिछने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको  राप्रपाले काठमाडौं २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एकजनालाई चयन गर्नेगरी छलफल गरिरहेको छ । 

यसैगरी, काठमाडौं ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चन शमशेर राणा, ५ मा डा रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पान्डेमध्ये एकजनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ । 

काठमाडौं ६ मा प्राध्यापक विष्णु प्रसाद आचार्य र सन्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ । 

राप्रपाले हालसम्म काठमाडौं ८ मा प्रकाश रिमाल र  १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ । तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो । 

Skip This
Skip This
Logo