अध्यक्ष ओलीको दाबी- ‘एमालेको भेलले बगाउने डरले गठबन्धनको त्यान्द्रो समाते’

अध्यक्ष ओलीको दाबी- ‘एमालेको भेलले बगाउने डरले गठबन्धनको त्यान्द्रो समाते’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । 

सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकीर समेत उनले गरे । 

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दावी गरेका छन् । उनले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए । 

‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन । त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ ।’ उनले भने, ‘यो गठबन्धन मरि गए छोड्दैन । यो त्यान्द्रो समातेनन् । र, छोडे भने यिनीहरु त्रिशुलीको भेलमा पुगे जस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरुले गठबन्धन नामको या त्यान्द्रो छोडदैनन् । यो समाती राख्न यिनीहरु बाध्य छन् । किनकी एमालेको भेल यस्तो आईराखेको छ । बगाउँछ ।’
 
अध्यक्ष ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहो-याए । 

Logo