अब निषेधाज्ञामा पनि  बैंकका कर्मचारी निर्धक्क निस्कन पाइने 

अब निषेधाज्ञामा पनि  बैंकका कर्मचारी निर्धक्क निस्कन पाइने 

केन्द्रबिन्दु
0
Shares

अब बैंकका कर्मचारी निर्धक्कले कार्यालय आउजाउ गर्न पाइने भएको छ । भोलि (शुक्रबार) बाट बैंकका कर्मचारीहरू परिचयपत्रका आधारमा कार्यालय आउजाउ गर्न पाइने भएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले बैंकको आधिकारिक परिचयपत्रका आधार आवतजावत गर्न दिने बताए।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासनले आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो। तर, बैंकका कर्मचारीलाई भने बैंकको परिचयपत्रका आधारमा आवजावत गर्ने दिन बताएको थियो ।

जिल्ला प्रशासनको निर्णय र राष्ट्र बैंकको निर्देशनअनुसार बैंकर्स संघले प्रत्येक वाणिज्य बैंकले बढीमा ८ वटा शाखा खोल्ने निर्णय गरेको थियो । तर बिहीबार बिहान कार्यालय हिँडेका बैंकका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतलाई नै प्रहरीले रोकेपछि आक्रोशित बनेका बैंकहरूले काठमाडौं उपत्यकाका शाखा बन्द गरेका थिए ।

Skip This
Skip This
Logo