एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ गर्ने तयारी, कुनकाे मूल्य कति ?

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ गर्ने तयारी, कुनकाे मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

आरोग्य मोटर्सले विद्युतीय दुई पाँग्रे सवारीसाधनको बिक्री शुभारम्भ गर्ने तयारी गरेको छ ।

विगत ५ बर्षदेखि चीनबाट पार्ट्स ल्याई नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा)को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेको कम्पनीले दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाएको हो । 

कम्पनीका अनुसार पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथियम ब्याट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच ब्याट्री प्याक भएका स्कुटरको मुल्य २ लाख ५८ हजार र ६० एएच ब्याट्री प्याक भएको स्कुटरको मुल्य २ लाख ७२ हजार रुपैयाँ तोकिएको छ ।

२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने र १६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुने कम्पनीले जनाएको छ ।

हालसम्म काठमाडौं, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि कम्पनीले बढाएको छ । असोज १२ गतेदेखि ती स्कुटरहरु ग्राहकलाई क्रमशः वितरण गर्नेगरी तयारी गरिएको कम्पनीले बताएको छ । 

साथै कम्पनीले नेपालीहरुको महान् दशैतिहार तथा छठ पर्वको अवसरमा लक्की ड्रमार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम राखिएको समेत राखिएको जनाएको छ । 

Skip This
Skip This
Logo