डेंगु रोगको संक्रमणबाट हालसम्म नेपालमा ३२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार ७६ जिल्लामा फैलिएको डेंगुबाट पछिल्लो दुई महिनामा ३२ जनाको मृत्युको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।
मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमितको संख्या बागमती प्रदेशमा छ भने सबैभन्दा कम कर्णालीमा छ । बागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु देखिएको छ भने प्रदेश एकमा ७७५, मधेस प्रदेशमा ३८०, गण्डकीमा ५५६, लुम्बीनीमा २८ सय ८७, कर्णालीमा २३१ र सुदुरपश्चिममा ८०४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।































प्रतिक्रिया