चाडपर्व लक्षित बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष

चाडपर्व लक्षित बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश प्रहरीले चाडपर्वलाई लक्षित गरि सुरक्षालाई ध्यानमा राखेर यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको बताइएको छ । 

जसमा मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना भएको छ ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको बताइएको छ ।

Skip This
Skip This
Logo