इतिहासकै उच्च अमेरिकी डलरको भाउ

इतिहासकै उच्च अमेरिकी डलरको भाउ

केन्द्रबिन्दु
0
Shares

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ । 

Skip This
Skip This
Logo