विश्वकपको अभ्यास खेल तालिका सार्वजनिक, पहिलो अभ्यास खेलमा वेस्ट इन्डिज र यूएई भिड्ने

विश्वकपको अभ्यास खेल तालिका सार्वजनिक, पहिलो अभ्यास खेलमा वेस्ट इन्डिज र यूएई भिड्ने

केन्द्रबिन्दु
0
Shares

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुरुष टी–ट्वान्टी विश्वकप अघि हुने अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ । पहिलो चरणका टोलीले अक्टोबर १० देखि १३ सम्म मेलबर्न क्रिकेट ग्राउन्ड र जक्सन ओभलमा अभ्यास खेल खेल्नेछन् ।

सुपर १२ राउन्डमा सिधै छनौट भएका टोलीले अक्टोबर १७ र १९ मा ब्रिसबेनमा अभ्यास खेल खेल्नेछन् । पहिलो अभ्यास खेल वेस्ट इन्डिज र युएईबीच अक्टोबर १० मा जक्सन ओभलमा हुनेछ । 

स्कटल्याण्डले नेदरल्यान्ड्सको सामना गर्नेछ भने श्रीलङ्काले जिम्बावेसँग सोही प्रतिस्पर्धा गर्नेछ । आयोजक तथा साबिकको विजेता अस्ट्रेलियाले आफ्नो पहिलो र एक मात्र अभ्यास खेल अक्टोबर १७ मा गबामा भारतसँग खेल्नेछ । 

भारतले दुई दिनपछि न्युजिल्यान्डसँग पनि सोही मैदानमा खेल्ने छ । अभ्यास खेलले आधिकारिक टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आगामी अक्टोबरमा अष्ट्रेलियामा पुरुष टी–ट्वान्टी विश्वकप आयोजना हुनेछ । 

Skip This
Skip This
Logo