काठमाडौं ।
सङ्घ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी गराए ।
अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोगको कारण यस अघि गरिएको लकडाउन पूर्णरुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरेका छन् । भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन पनि अपिल गरिएको छ ।































प्रतिक्रिया