धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङको धुनिबेशी नगरपालिका वडा नं ३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित पौडेल रहेका छन् । जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिदा बालक घाइते भएका थिए ।  

घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo