काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पु-यायोः उद्योगमन्त्री बडू

काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पु-यायोः उद्योगमन्त्री बडू

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् ।

मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए । उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताए । 

‘खतराबाट बाँचेका छौँ हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा प-यो है कहाँ छ काँग्रेस ? भनेर खोज्नु परेन ? फेरि लिड ग-यो । र हामी बचाउँदै छौँ । हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’ उनले भने । 

Skip This
Skip This
Logo