लक्ष्मी बैंकको १४३औँ शाखा बागलुङको गल्कोटमा

लक्ष्मी बैंकको १४३औँ शाखा बागलुङको गल्कोटमा

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङको गल्कोट नगरपालिका-३ को हटिया बजारमा संचालनमा ल्याएको छ । 

यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास लिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

हाल बैंकले शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Skip This
Skip This
Logo