भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासको कार्य छिट्टै सक्न अध्यक्ष तिमिल्सिनाकाे निर्देशन

भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासको कार्य छिट्टै सक्न अध्यक्ष तिमिल्सिनाकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् । 

बिहीवार भैंसेपाटी पुगेर निर्माणाधिन भवनहरुको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका हुन् । उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताए । उनले रात दिन काम नगरीकन समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरुको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए । 

उनले भने– ‘कतिपय कुराहरु राति पनि गर्न सकिने हुन्छ । जब हामी ढिलोमा छौँ भने राति पनि गराउने । वर्किङ आवर अब २४ घण्टा नै बनाउनुपर्छ । एउटै श्रमिकले २४ घण्टा गर्ने होइन । तर मिलाएर काम गर्न थाल्यौँ भने, यहाँ गर्ने काम हामीले रात, दिन गर्ने गरीकन पनि समयमा सक्ने त्यो बाहेक अर्को विकल्प हुँदैन ।’ 

निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले भविष्यमा कुनै आयोजनाहरु गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए । उनले भंैसेपाटीको सडक जिर्ण अवस्थामा रहेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिगँ्रदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे । 

उनले भने– ‘भिआईपीहरुकै एरिया भैसेपाटीको त्यो आवास । अनि के हालत छ ? कि चाहीँ भिआईपीको होइन एकदम झुप्राको हामी गर्दैछौँ भन्नुप¥यो । त्यहाँ भएको भए मान्नुप¥यो । हामी गाउँ गाउँ झुपडीहरुमा राम्रो गर्दैछौँ यो भिआईपीहरुमा लास्टमा गर्ने भन्या भए त चित्त बुझाउँला । तर पहिले त आफ्नै गर्न खोज्ने बानि छ । अनि त्यस्तो भएपछि कसरी हुन्छ । कसैलाई पोल्दैन । किन पोल्दैन ? यो त गर्नुप-यो नि ।’ 

अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरुलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे ।  

उनले भने– ‘तपाईहरु अझ माथि जान्छु । सचिव हुन्छु भन्नेहरुले त अलि नयाँ सोच र भिजन । म मन्त्री हुने हो भने त पहिला यहाँ यो के के गर्ने भनेर अनि डिजी बन्ने बेला तपाईको वर्क प्लान ल्याउनु, यसै फाइल हे-यो । को मान्छे मेरो को अर्को यसो हेरेर गर्ने होइन । भिजन के ? त्यसलाई नयाँ कसरी ड्राइभ गर्ने हो ? हिजोको भन्दा के चिज परिवर्तन गर्नुपर्छ र कसरी लाने हो ? त्यो दृष्टिकोण के हो ? अनि छ महिना, वर्षदिनमा रिजेल्ट आएन भने आफैँ नमस्कार हजुर म सकिनँ भन्ने बनाउनुपर्छ र बल्ल काम हुन्छ ।’ 

Skip This
Skip This
Logo