नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार पारेको छ । “सम्बन्ध उत्सव स्वादसँग”थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।
दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त हुने कम्पनीले जनाएको छ ।
कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमापनियी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसका साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्ये ३ जना भाग्यशाली विजेताहरुले सेफ शाहसँग भेट्ने मौका पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
उक्त सहकार्यको बारेमा बोल्दै सेफ शाहले भने, “दसैंँको कुरा गर्ना साथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनिथपेको छु । आशा छ, यहाँँहरुले पनिआफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनु हुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।”
यस्तै, कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनियी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनु हुनेछ ।”





























प्रतिक्रिया