भुटेको चनाका यति धेरै फाइदाहरु…

भुटेको चनाका यति धेरै फाइदाहरु…

केन्द्रबिन्दु
21
Shares

भुटेको चना नेपालमा धेरै खपत हुने गेडागुडीमध्ये एक हो । 

यसलाई कालो भुटेको चना पनि भनिन्छ । भुटेको चना प्रोटिन, फाइबर, फोलेट, खनिज र फ्याटी एसिडको ठूलो स्रोत मानिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, भुटेको चनामा चिल्लो कम हुन्छ र ऊर्जाको उत्तम स्रोत हो । यसले शरीरलाई अघाएको महसुस गराउँछ । 

फ्याट टु स्लिम एण्ड न्युट्रिशनिस्ट तथा डाइटिशियनकी निर्देशक शिखा अग्रवाल शर्माका अनुसार भुटेको चनाको सेवनले शरीरको पोषकतत्व बढ्छ । काँचो चनालाई तरकारीको रूपमा उमालेर वा भिजाएर खान सकिन्छ । तर भुटेको चनामा त्यति मेहनत गर्नुपर्दैन । आउनुहोस, आजको लेखमा भुटेको चना नियमित रूपमा सेवन गर्दा स्वास्थ्यका लागि के–कस्ता फाइदा पुग्छ त्यो विषयमा जान्नैं । 

 

प्रोटिनको खजाना 
सबैभन्दा बढी प्रोटिन पाइने खानेकुराको कुरा गर्ने हो भने चनालाई लिस्टमा राख्नु भुल्नुहुन्न । चनालाई भुट्दा यसको पोषक तत्वहरूमा कुनै असर पर्दैन । शरीरमा नयाँ कोशिकाहरू मर्मत गर्न र निर्माण गर्न प्रोटिन आवश्यक हुन्छ, जसले मानव शरीरको वृद्धि विकासलाई बढावा दिन्छ । विशेष गरी बालबालिका, किशोरकिशोरी र गर्भवती महिलाहरूका लागि यो बढी उपयोगी हुन्छ । 

 

वजन घटाउन
भुटेको चना फाइबरको उत्कृष्ट स्रोत हो । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार फाइबरयुक्त खानेकुरा खाँदा तपाईको पेट लामो समयसम्म भरिपूर्ण रहन्छ । चनाको सेवनले हामी जे पायो तेहि चिज खानबाट बच्न सक्छौं । यस बाहेक फाइबरले पाचन सुधार गर्न र कब्जियतबाट बच्न पनि मद्दत गर्छ ।

 

डाइबिटिजका बिरामीहरुका लागि स्वस्थ आहार
कम ग्लाइसेमिक इन्डेक्स (जिवाई) भएका खानेकुरा मधुमेह रोगीहरूको लागि राम्रो हुन्छ । कम ग्लाइसेमिक इन्डेक्सको मतलब तपाईंको रगतमा चिनीको स्तर विशेष खाद्य वस्तु खाएपछि अन्य खानाहरू जस्तै उतार चढाव हुँदैन । चनाको लेभल २८ हुने भएकाले मधुमेहका बिरामीका लागि यो खानु राम्रो विकल्प हो ।

 

हड्डीलाई बलियो बनाउँछ 
भुटेको चनाको सेवनले हड्डीलाई स्वस्थ र बलियो बनाउन काम गर्छ । एनसिबीआईद्वारा प्रकाशित एक अध्ययन अनुसार भुटेको चनामा पाइने म्यांगनीज र फस्फोरसले मानिसको शरीरलाई स्वस्थ हड्डीको स्वास्थ्य कायम राख्न र हड्डीको असामान्य संरचना, कमजोरी, जोर्नी दुख्ने आदि जस्ता समस्याहरूलाई रोक्न मद्दत गर्दछ । 

मुटुलाई स्वस्थ राख्न
भुटेको चना म्यांगनीज, फोलेट, फस्फोरस र तामाको लागि समृद्ध स्रोत हो जुन हाम्रो हृदय स्वास्थ्यको लागि लाभदायक हुन्छ । फस्फोरस विशेष गरी हाम्रो रक्तसञ्चार सुधार गर्न र हाम्रो मुटुलाई स्वस्थ राख्नको लागि चिनिन्छ ।

ब्लड प्रेसर कन्ट्रोल गर्न 
चनामा बोसो र क्यालोरी कम हुन्छ जबकि चना प्रोटिन र फाइबरको राम्रो स्रोत हो । भुटेको चनामा तामा, म्यांगनीज र म्याग्नेसियम प्रचुर मात्रामा हुन्छ । कपर र म्याग्नेसियमले शारीरिक सूजनलाई कम गर्छ र रक्त वाहिकाहरूलाई आराम दिन्छ । म्यांगनीजले अक्सिडेटिभ तनाव कम गर्छ । भुटेको चनामा फस्फोरस हुन्छ । फस्फोरसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । 

 

Skip This
Skip This
Logo