महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित संग्रहालयको शुक्रबार उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
सो क्रममा संग्रहालयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो । संग्रहालयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान र उनका कृतिहरु राखिएको छ ।





























प्रतिक्रिया