सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ ।
थिमी र कपन शाखाको ब्राण्ड ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मह जोडीले थिमि र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन शुभकामना दिए ।
त्यस्तै, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरे ।
सानिमा बैंकले देशभर १२९ कार्यालय र १२० एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया