समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटाएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नाम सूचीबाट हटाएको शेपाले जानकारी दिएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो । संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको छ । जसमा शेर्पाको नाम परेको छैन ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यक्रम अनुसार बन्द सूची संशोधन गर्ने म्याद आज सकिंदैछ । सूचीमा रहेका व्यक्तिले भने सोमबारसम्म आफ्नो नाम फिर्ता लिनेसक्ने आयोगले जनाएको छ । कांग्रेसमा बन्दसुचीलाई लिएर विरोध भएपछि सुची सच्याउन शुक्रबार देखि नै निरन्तर छलफलमा रहेको छ । 
 

Logo