चीनका पूर्व गभर्नर चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित

चीनका पूर्व गभर्नर चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित

केन्द्रबिन्दु
0
Shares

मध्य चीनको हुबेई प्रान्तका पूर्व गभर्नर काओ गुआङजिङलाई भ्रष्टाचारको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र अन्य सार्वजनिक कार्यालयबाट निष्कासन गरिएको छ। 

उनलाई पार्टी अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। सीपीसीको २० औं महाधिवेशन अघि केही महिनादेखि चलिरहेको उच्चस्तरीय सरकारी अधिकारी र मन्त्रीहरू विरुद्धको कारबाहीको यो पछिल्लो घटना हो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार काओ सत्तारुढ दलको प्रान्तीय सरकारका पार्टी सदस्यहरूको समूहमा पनि रहेका छन् । अनुसन्धानमा काओले आदर्श त्यागेर राजनीतिक अनुमान लगाउन थालेको खुलासा भएको छ । उनले आफुविरुद्ध छानबिन सुरु गरेकोमा पनि विरोध गरेका छन् । 

उनले धेरै पार्टीहरू र भ्रमणहरूको पनि आनन्द उठाएको र व्यक्तिगत स्वार्थका लागि शक्ति प्रयोग गरेर पैसा कमाएको तथा नियम मिचेर न्यायिक मामिलामा पनि हस्तक्षेप गरेको पार्टींको आरोप छ ।

Logo