वर्षमा एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

वर्षमा एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

केन्द्रबिन्दु
0
Shares

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भीड लागेको छ । वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको हो । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । 

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ । 

Logo