रौतहटको चन्द्रपुर ३ स्थित गैडाटार गाउँमा जिपको ठक्करबाट गए राती एक युवकको मृत्यु भएको छ ।
घटनापछि मृतकका आफन्तले केहीबेर ईलाका प्रहरी कार्यालय अगाडी होहल्ला गरेका थिए । चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्रि सडक खण्डमा गैंडाटारबाट चपुर आउँदै गरेको प्र २–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिदा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताउनुभयो ।
जिपको ठक्करबाट घाईते थिङलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । डिएसपी जैसवारले पिकअप चालक चन्द्रपुर ६ तल्लो बजारका किशोर साह बानियालाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रहरीका अनुसार साह जिप मालिक समेत हुन् । चालकलाई पछाडी राखेर साहले जिप चलाएका थिए । प्रहरीले सो बारे थप अनुसन्धान भईरहेको बताएको छ ।































प्रतिक्रिया