राष्ट्रपति भण्डारीले लगाइदिइन् सर्वसाधारणलाई टीका

राष्ट्रपति भण्डारीले लगाइदिइन् सर्वसाधारणलाई टीका

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिएकी छन् । बुधवार राष्ट्रपति निवास बालुवाटारमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधान सेनापति प्रभुराम शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा काईराला, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाएकी हुन् । 

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामवद्ध छन् । 

Avatar

Logo